
भैरहवा,१४पुस । भैरहवाको पक्लिहवामा सरसफाई तथा सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसको आयोजना र नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले मानव स्वास्थ्यका लागि पनि आ आफ्नो घर–आगन मात्र नभई बाह्य वातावरणको सरसफाईमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको बताए।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख डा.रामभजन मण्डल, नेपाल रेडक्रस सोसाईटी बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, निवर्तमान अध्यक्ष सुमन शर्मा, पुर्व अध्यक्ष देवराज न्यौपाने, कोषाध्यक्ष पंकज उदास, स्व.वि.यु.सदस्य सुदिप शर्मा तिमिल्सिना लगायतले विद्यार्थीहरुले अध्यापनका साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान आग्रह गर्दै सरसफाईको महत्वको बारेमा भनाई राखेका थिए।
उक्त सरसफाई कार्यका लागि नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाले सरसफाइ सामाग्रीहरु डस्टविन, ग्लोब्स्, माक्स, झाडु र रेडक्रस अंकित एप्रोनहरु उपलब्ध गराएको थियो।

युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसको अध्यक्ष सुचना थापाको सभापतित्व, कार्यसमिति सदस्य शान्ति बोगटीको स्वागत तथा सचिव रणसिंह सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

