
भैरहवा, १७ पुस । नेपाल एएसी कम्पनी प्रालिले उत्पादित अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लकमा छुट दिने भएको छ। प्रालिले ग्रेगोरियन पात्रो अनुसार आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा तीन महिनासम्म ब्लक खरिदमा पाँच प्रतिशत छुट दिने भएको हो ।
पर्खाल वा घरको गारो लगाउनमा उक्त ब्लकको प्रयोग हुने गरेको छ । जर्मन प्रविधिबाट निर्मित उक्त ब्लक हलुका, वातावरणमैत्री, भूकम्प प्रतिरोधी, उच्च तापधारण क्षमता, ध्वनी र अग्नी प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषता रहेको कम्पनीका निर्देशक धिरज कुमार मल्लिकले बताए ।
Advertisement

Advertisement
Advertisement

नेपाल एएसी कम्पनी प्रालिका अध्यक्ष प्रमोद कुमार यादवले उद्योगमा उत्पादित ब्लक विदेश निर्यातको तयारीमा रहेको बताए । ‘८० देखि १ सय वर्ष आयु रहेको ब्लक ३ पुस्तासम्म चल्छ’, उनले भने, ‘पूर्ण क्षमतामा उत्पादन गरी भारतमा निर्यात गर्ने प्रक्रियामा छौं।’
रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित रहेको कम्पनीले एएसी ब्लक २४ इन्च (दुई फिट) लम्बाइ र ८ इन्च उचाईमा विभिन्न ३ वटा ४, ६ र ८ इन्च साइजमा तयार गरेको छ । कम्पनीले छिट्टै आवश्यकता अनुसार साना र बढी चल्ने आकारमा पनि एएसी ब्लक उत्पादन गर्ने योजना बनाएको अध्यक्ष यादवले बताए ।
आईएसओ–९००१ः२०१५ बाट प्रमाणित कम्पनीद्धारा उत्पादित एएसी ब्लकहरु आवासीय, औद्योगिक, व्यापारिक र कार्यालय भवन, अस्पताल, पर्खाल, थियटर, विद्यालय, क्याम्पसलगायत निर्माण गर्न प्रयोग गर्ने गरिएको छ ।

