
भैरहवा,१९पुस। रुपन्देहीको सिद्धार्थनगर नगरपलिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ। नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक तथा शारीरिक बिकासलाई लक्षित गरेर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न लागिएको सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।
उनका अनुसार पुस २७, २८ र २९ गते नगरपालिका वडा नं. १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा प्रतियोगिता हुनेछ । आवश्यकताको अवस्थामा पक्लिहवा कृषि क्याम्पसको खेल मैदानलाई समेत प्रयोग गर्न सकिने गरी निर्णय भएको पनि नगरपालिकाले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनोट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।
नगरपालिकाका अनुसार प्रतियोगितमा तेक्वान्दो, एथलेटिकस, कबड्डी, भलिवल लगायत खेल हुनेछन् । प्रतियोगिता संचादलनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ कृष्ण शाक्य, कबड्डीतर्फ महेन्द्रबहादुर सुनार र भलिवलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।

