
भैरहवा, २१ पुस । रुपन्देहीको सियारी गाउँपालिकाको कार्यालयद्धारा आयोजित पालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि मैनहिया माध्यमिक विद्यालयले उचालेको छ ।
सियारी–४ स्थितपब्लिक माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगितामा मैनहिया मावि ८ वटा विधामा प्रथम, २ वटा विधामा द्वितीय र ४ वटा विधामा चौथो हुँदै प्रतियोगिताको उपाधि उचालेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मैनहिया मावितर्फ पनि प्रथम भएको छ । मावितर्फ मैनहियाले ७ विधामा प्रथम, २ वटा विधामा द्वितीय र २ वटा विधामा तृतीय भएको छ । मैनहियाले १७ हजार ५ नगदसहित शिल्ड तथा कप प्राप्त गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।
पालिकाका अनुसार आधारभूत तहतर्फ गड्सारी र देर्गादेवी उत्कृष्ट भएका छन् । उनीहरुले समान अंक ल्याएका छन् । दुवै विद्यालयले दुईवटा विधामा प्रथम र एउटा विधामा द्वितीय भएका छन् । उनीहरुले नगद र कप प्राप्त गरेका छन् ।

रनिङ शिल्ड प्रतियोगिताका उत्कृष्ट विद्यालय तथा विजेता विद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख सुधीर पौडेल, गोपाल ज्ञवाली लगायतले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।

