Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » साई ग्लोबल कपः युनिक होम र बुटवल कालिका सेमिफाइनलमा
    खेलकुद

    साई ग्लोबल कपः युनिक होम र बुटवल कालिका सेमिफाइनलमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ पुष २४, बुधबार २२:०९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २४ पुस। रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएका दुई खेलमा युनिक होम र बुटवल कालिका क्याम्पस विजयी हुँदै सेमिफाइनल पुगेका छन् छन् ।

    युनिक होमले राममणि क्याम्पसलाई ७ विकेट र कालिकाले भैरहवा नमूना उच्च माविलाई ४५ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । यसअघि प्यारामाउण्ट कलेज र रुपन्देही क्याम्पस सेमिफाइनल पुगिसकेका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको राममणिले निर्धारित २० ओभरमा १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनायो । उसका लागि थमन सिंजालीले ३३, प्रतीक भट्टराईले २२ र निशान पाण्डेले १३ रन बनाए । बलिङमा युनिक होमका अरुण सिंहले ३, इकलाख अहम्मद वारिसले २ तथा सविर आलम, निश्चल चौधरी र फैजन खानले समान १–१ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको युनिक होमले १८ ओभरमा ३ विकेट गुमाउँदै १ सय १२ रन बनाई सहजै जित निकाल्यो । उसको जितमा निश्चल चौधरीले अविजित ४८, इकलाख अहम्मद वारिसले नटआउट ३६ र सन्तोष यादवले १४ रनको योगदान दिए । बलिङमा राममणिका विकल अधिकारीले २ तथा एरिक केसीले १ विकेट लिए । खेलमा इकलाख अहम्मद वारिस प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल कालिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १ सय २९ रन बनायो । उसका लागि प्रज्वल थापाले ६८ रनको अर्धशतकीय पारी खेल्दा रन्जित खड्काले १४ र आकाश अर्यालले १२ रन बनाए । बलिङका भैरहवा नमूनाका पिन्टु साहनीले ३, इरफान खानले २ तथा दीपेन्द्र मल्लाह, सन्नी गौतम र अमित यादवले १–१ विकेट लिए ।

    प्रतिउत्तरमा भैरहवा नमूना १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८४ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि पिन्टु साहनीले २३, समिर अलीले १८, इरफान खानले १५ र साहीन खानले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुटवल कालिकाका अभिषेक गौतमले ४, प्रज्वल थापाले ३ तथा विपिन भट्टराई, विवश खाती र गगन अधिकारीले समान १–१ विकेट लिए । प्रज्वल थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट भैरहवा साई ग्लोबल कप सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.