


काठमाडौ,२८पुस। राष्ट्रिय स्वतन्त्र पार्टी एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका लामिछाने गत बिहीबार ६५ लाख धरौटी बुझाएर छुटेका थिए।
जिल्ला प्रहरी कास्कीको हिरासतबाट रिहा भएका लामिछाने शनिवार साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले आइतबार हाजिर भएका हुन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन पुगेका हुन।
उक्त सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको छ।

