
बुटवल, २९ पुस । लायन्स क्लबका जन्मदाता मेल्वीन जोन्सको १४६ औ जन्मोत्सवको अवसरमा बुटवलमा लायन्स डिष्ट्रिक ३२५ पी अन्र्तगतका एरिया ३ र ४ को संयोजनमा र्याली सहित विविध कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गर्भनर पुरुशोत्तम भक्त प्रधानाङ्गले क्लबहरुले गरेको काम समाजिक क्षेत्रमा उदाहारणीय भएको बताए । उनले सबैको साथ र सहयोगबाट नै सामाजिक क्षेत्रमा रहेका क्लबहरुले सकारात्मक उर्जा सहितको कार्यक्रम गर्न सफल भएकोमा धन्यावाद व्यक्त गरे ।
Advertisement

Advertisement
Advertisement

सप्ताहब्यापी मेल्विन जोन्स अभियानमा सबैभन्दा बढी सामाजिक क्षेत्रमा योगदान दिने एरिया ३ बाट रिजन चेयरपर्सन सुरेन्द्र भारी, कृष्ण प्रसाद पाण्डे, जोन चेयरपर्सन अन्जील खान, शान्ति सेन्चुरी, महेश न्यौपाने, राम बेल्बासे, रविन्द्र कक्षपति, नविन श्रेष्ठलाई अवार्ड सहित सम्मान गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रममा सबैभन्दा बढी सामाजिक कार्य गर्ने एरिया ४ बाट लायन्स क्लव अफ बुटवल सयपत्री, लायन्स क्लब बुटवल हट्स एरिया ३ बाट लायन्स क्लब बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल तिलोत्तमा स्टार्सलाई अवार्ड सहित सम्मान गरिएको हो ।
उत्कृष्ट पोशाक प्रर्दशन लायन्स क्लब अफ मायादेवीले पाएको छ । एरिया ३ अन्र्तगतका क्लबहरुले मेल्वीन जोन्स जन्मजयन्तीमा सप्ताह १ सय ३० वटा सामाजिक सेवा कार्य गरिएको एरिया चिफ शान्ति पाठक पाण्डेले बताइन् ।
र्यालीमा विभिन्न विधामा उत्कृष्ट हुने क्लबलाई समेत सम्मान गरिएको छ । जसमा सबैभन्दा बढी सदस्य सहभागी, अनुशासन लगायतका विधामा उत्कृष्ट क्लवलाई सम्मान गरिएको हो ।

