
काठमाडौ, २ माघ । आफुलाई सामाजिक अभियान्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए ।
Advertisement

Advertisement
Advertisement

विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकी थिइन् ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

