Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा आयल निगमको डिजेल चोरीमा संग्लनलाई कारवाही
    अर्थ

    भैरहवामा आयल निगमको डिजेल चोरीमा संग्लनलाई कारवाही

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ३१, बुधबार १८:४५ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३१ भदौ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ चोरी प्रकरणमा संग्लनहरुलाई कारवाही गरिएको छ।

    मंगलबार निगमको अमलेखगन्ज डिपोबाट भलवारी डिपोको लागि तीन वटा ट्यांकरमा ल्याइएको डिजेल भैरहवास्थित सराफ आयल स्टोर्समा लकिङ प्रणाली बिगारेर चोरी गर्दै गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले फेला परेको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    निगमका अनुसार, तीन वटामध्ये पौडेल यातायात प्रालिको लु १ ख ६५०४ र बि.एन.एस.ढुवानी सेवाको लु २ ख १५४४ नम्बरको ट्यांकरबाट डिजेल चोरी गरिरहेको अवस्थामा रंगेहात फेला परेको थियो भने त्रिमुर्ति ट्रान्सपोर्ट प्रालिको लु १ ख ६६१९ नम्बर ट्यांकर सराफ आयल स्टोर्समा डिजेल निकालेर भागेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

    निगमको डिजेल चोरीमा संग्लन सराफ आयल स्टोर्स, ट्यांकर र ट्यांकरका चालक तथा सह–चालकहरुलाई कारवाही गरिएको निगमको प्रादेशिक कार्यालयले जनाएको छ।

    निगमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सराफ आयल स्टोर्सलाई अनाधिकृत रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गरेकोमा एक लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म आपूर्ति बन्द गर्ने कारवाही गरिएको छ । त्यस्तै संग्लन तीनवटै ट्यांकरलाई तीन महिनाका लागि निलम्बन कारवाही गरिएको छ।

    यस्तै उक्त ट्यांकरहरुका चालक तथा सह–चालकहरुलाई निगमको कुनै पनि डिपो/कार्यालयमा आजिबन प्रवेश निषेध तथा निगमको करार सम्झौतामा संचालनमा रहेको ट्यांकर चलाउन नपाउने गरी कारवाही गरिएको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले जनाएको छ।

    साथै, ट्यांकरहरुका चालक, सहचालक र पम्प संचालकविरुद्ध आवश्यक कारवाही प्रक्रिया बढाउन प्रहरी कार्यालयमा जाहेरी दिइएको बताइएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इन्धन चोरी डिजेल चोरी नेपाल आयल निगम भलवारी डिपो
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.