
भैरहवा, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समिति बैठकले बुधवार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो।
Advertisement

Advertisement
Advertisement

मूल्य बढेसँगै पहिलो वर्ग अन्र्तगत भलवारी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र विरगंज वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै दोस्रो वर्ग अन्र्तगत सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४ र तेसो वर्ग अन्र्तगत काठमाडौं, पोखरा, दिपायल वरपर प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।
यस्तै पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा,दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा प्रतिलिटर १५५ रुपैयाँ र तेस्रो वर्ग अन्तरगतका क्षेत्रमा प्रतिलिटर १५६ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति:


