
भैरहवा, ७ माघ। सिद्धार्थ होटल संघ नेपाल (सान) ले सत्कार दिवस मनाउने भएको छ । संघको भैरहवामा बसेको छैठौं बैठकले आगामी जेठ १६ गते संघको साधारणसभाका दिन सत्कार दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले होटल व्यवसायीको लागि सरकारले विशेष योजनाका साथ काम गर्न नसकेको, पर्यटन नीति पर्यटनमैत्री नभएकोले फेरबदलगरी पर्यटनमैत्री नीति बनाउन सरकारसँग माग गरेको छ ।
Advertisement

Advertisement
Advertisement

बैठकले नेपाल पर्यटन बोर्डको समन्वयमा भियतनाममा हुने पर्यटन प्रबद्र्धन कार्यक्रममा सहभागीता जनाउने, मायादेवी सुत्केरी मार्गको प्रवद्र्धनका लागि विशेष योजनाकासाथ कपिलबस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्म स्थानीयहरुको सहभागीतमा पदयात्रा गर्ने निर्णय गरेको संघका अध्यक्ष चन्द्रप्रकाश (सीपी) श्रेष्ठले बताए ।
सिद्धार्थ होटल संघ नेपाल, होटल एसोसिएशन नेपालको क्षेत्रीय संस्थाको रुपमा स्थापित छ । यसमा तारे होटलदेखि पर्यटकीय होटल सम्म गरी ७० भन्दा बढी होटल आबद्ध छन् ।

