
भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालतमा रुपन्देहीमा उपस्थित भएका छन् ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उनी अदालतमा उपस्थित भएका हुन् ।
Advertisement

Advertisement
Advertisement

लामिछाने श्रीमती निकिता पौडेल लामिछानेसहित मंगलबार साँझ भैरहवा पुगेका थिए । अदालतमा उपस्थित भएका लामिछानेको सुरुमा बयान हुनेछ र त्यसपछि थुनछेक बहस हुने बताईएको छ ।
लामिछाने अदालतमा उपस्थित हुँदा अदालत क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाईएको छ भने समाचार संकलनका लागि अदालतमा पत्रकारहरुलाई प्रवेशमा रोक लगाईएको छ ।

