
भैरहवा, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको ईजलासमा बयान सुरु भएको छ ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि बुधवार बिहान लामिछाने अदालतमा उपस्थित भएका हुन् ।
Advertisement

Advertisement
Advertisement

सहकारी ठगी र संगठित अपराधमा मुद्दाका प्रतिवादी लामिछानेको बयान सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी दिए ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । ईजलास अधिकृतले मुद्दामा बयानका लागि मिसिल अध्ययन गर्दा बयान सुरु गर्नमा ढिलाई भएको हो ।

