
भैरहवा, १० माघ। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध समेत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनछेक बहस सुरु भएको छ ।
बुधवार मुद्दामा लामिछानेको बयान पश्चात बिहीवार बिहान साढे १० बजे उपस्थित हुने गरी परिवार र कानुनी व्यवसायीको जिम्माजमानीमा छाडिएको थियो।जस अनुसार लामिछाने करिब साढे १० बजे अदालतमा हाजिर भएका थिए ।
Advertisement

Advertisement
Advertisement

अदालतमा लामिछाने उपस्थित भएपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा थुनछेक बहस सुरु भएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले जानकारी
मुद्दामा वादी (पीडित)को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालका न्यायाधिवक्ता प्रेमराज पौडेल सहित गोकर्ण घिमिरे, बसन्त पोख्रेलले बहस गर्ने र महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत तुलसीपुर, बुटवलबाट वकिल खटाएको अवस्थामा त्यहाँबाट पनि वकिल बहस गर्ने बुझिएको छ ।
त्यस्तै प्रतिवादी रहेका लामिछानेको तर्फबाट सुशिलदेव पन्तको नेतृत्वमा बहस गर्ने तयारी छ ।
दुवै तर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि ईजलासबाट पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधरण तारेखमा राख्ने आदेश आउनेछ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका छन्।

