Close Menu
    What's Hot

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रविको मुद्दामा उठ्यो ‘ह्वाइट कलर क्राइम’को विषय
    अर्थ

    रविको मुद्दामा उठ्यो ‘ह्वाइट कलर क्राइम’को विषय

    सुप्रिम सहकारी ठगी प्रकरण
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ ११, शुक्रबार २१:०३ गते
    advertisement
    advertisement
    advertisement

    सलमान खान

    भैरहवा, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेको मुद्दामा ‘व्हाइट कलर क्राइम’ को विषय उठान गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसमेत विरुद्ध दर्ता भएको सहकारी र संगठित अपराध मुद्दामा शुक्रवार भएको थुनछेक बहसमा अभियुक्त लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय कानुन ‘ह्वाइट कलर क्राइम’ समेत आर्कषित भएको विषय उठान गरिएको हो ।

    न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जाहेरवालाको तर्फबाट अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन (अम्बेडकर) ले अभियुक्त लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधका साथै ‘ह्वाइट कलर क्राइम’ समेत आर्कषित भएको भन्दै उक्त विषयमा व्याख्यासहितको बहस गरे ।

    ‘अभियुक्त पत्रकार भएर व्यक्तिगत फाइदाका लागि धोकाधडी गरी सहकारीको रकम आफैले लिएको र त्यसपछि दल दर्ता गरी राजनीतिमा होमिएर उक्त अपराधलाई शुद्धिकरण गर्न खोजेको देखिन्छ’, अधिवक्ता अम्बडेकरले बहस गर्दै भने, ‘श्रीमान, यो ‘ह्वाइट कलर क्राइम’ हो ।’

    ‘ह्वाइट कलर क्राइम’ एक अहिंसात्मक अपराध हो । जुन प्रायः छल वा लुकाएर पैसा वा सम्पत्ति गुमाउन वा गुमाउनबाट बच्नको लागि वा व्यक्तिगत वा व्यापारिक फाइदा लिनका लागि चित्रण गरिन्छ । अपराधशास्त्रमा ‘ह्वाइट कलर क्राइम’ को अवधारणा पहिलो पटक सन् १९४१ मा सदरलैंडले अमेरिकन सोशियोलोजिकल रिव्यूमा ‘ह्वाइट कल क्रिमिनलिटी’मा आफ्नो शोधपत्र प्रकाशित गरेपछि आएको थियो ।

    यसका साथै अधिवक्ता अम्बेडकरले युरोपियन यूनियन, संयुक्त राष्ट्र संघिय संगठित अपराध अभिसन्धी २००२ को धारा २ पनि आर्कषित हुने र अभियुक्तको कार्य अपराध भएकोले पूर्पक्षका लागि थुनामा पठाउन आदेशको माग गरे । जिल्ला अदालत रुपन्देहीले अन्य सहकारीको रकम अपचलन भएको र ८४ लाख १२ हजार बढी बिगो मागदावी गरिएको ठगी मुद्दामा संचालकलाई पूर्पक्षका लागि थुनामा पठाएको विषय यस मुद्दामा नजरअन्दाज गर्न नमिल्ने विषय समेत उठान गरे ।

    त्यस्तै प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले निक्षेपकर्ताको बचत सुरक्षा गर्ने जिम्मा लामिछानेको नभई सहकारी संचालक भएको लगायत विषयमा बहस गरे । उनले सहकारीमा ऋणका लागि निवेदन नै नदिएको अवस्थामा पनि ऋणको रुपमा रकम निष्कासन भएकोले उक्त रकम आफ्नो पक्षले नभई सहकारी संचालकले अपचलन गरेको विषय समेत उठाएको बुझिएको छ ।

    शुक्रवार थुनछेक बहस नसकिएपछि मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ती ज्ञवालीले बताए । शुक्रवार जाहेरवाला र प्रतिवादीको तर्फका वकिलहरुले बहस गरेका थिए । सरकारी वकिलहरुको बिहीवार बहस गरिसकेका छन् ।

    दुवै तर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि इजलासले पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधरण तारेखमा राख्ने आदेश गर्नेछ । मुलुकी फौजदारी कार्यविधी संहित २०७४ को परिच्छेद ७ को थुनछेक, धरौट तथा जमानत सम्बन्धित व्यवस्थाको दफा ६७ मो उपदफा १ को (ख) मा तीन वर्षभन्दा बढी कैदको सजाए हुन सक्ने अनुसूची–१ वा अनुसूची–२ अन्र्तगत कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था छ । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोगपत्रमा उपदफा १ को (ख) मा उल्लेखित भन्दा बढी कैद सजाएको मागदावी गरेको छ । अन्नपूर्ण पोष्ट डटकमबाट साभार ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला सरकारी वकिल कार्यालय थुनछेक बहस रवि लामिछाने सहकारी ठगी सुप्रिम सहकारी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.