
भैरहवा, ११ माघ । रुपन्देहीको सियारी गाउँपालिकाको कार्यालय र प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम) नेपालले माछाको बजारीकरण र प्रवद्र्धनका लागि जलदेवी मत्स्य सहकारी संस्थालाई डिफ्रिज उपलब्ध गराएको छ ।
छपियाको माछाले नेपालमै ख्याती कमाएपनि फ्रिजको अभावका कारण बजारीकरणमा समस्या परेको विषयलाई मध्यनजर गर्दै फ्रिज उपलब्ध गराइएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।उनका अनुसार पालिकाबाट १० वटा र सिडिएम नेपालसंगको सहकार्यमा ८ वटा गरी १८ बटा फ्रिज हस्तान्त्रण गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, सल्लाहकार बिष्णु खरेल लगायतले सहकारीलाई उक्त फ्रिज हस्तान्त्रण गरेका हुन् ।
फ्रिज उपलब्ध भएपछि सहकारीले माछाको बजारीकरणका रहेको समस्या हट्ने विश्वास लिइएको छ । सहकारीका अध्यक्ष थम्मनबहाद्र पौडेलले पालिका र सिडिएम नेपालबाट उपलब्ध भएका फ्रिजलाई बुटवल, भैरहवा, पाल्पा र स्याङ्जाका बिभिन्न स्थानमा पुरएर छपियाको फ्रोजन गरिएको ताजा माछाको बजारीकरणमा लागिएको बताए ।
लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले छपियाको माछाको बजार प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले सरकार, व्यवसायी र किसान मिलेर छपियाको माछालाई बजारीकरणमा ध्यान दिनु पर्ने बताउँदै भारतबाट आउने अबैध माछालाई रोक्न सरकारले सीमा सुरक्षाको निम्ती खटिएको सशस्त्र प्रहरीलाई निर्देशन दिने बताए ।
सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मी तथा सल्लाहकार बिष्णु खरेलले बिश्वव्यापी देखिएको जलवायु परिवर्तनको असर कम गर्न हरित रोजगारकम क्षेत्रमा काम गर्दै आएको बताउँदै सहकारीलाई बजार व्यवस्थापन र प्रवद्र्धनका लागि फ्रिज सहयोग गरिएको बताए ।
उक्त अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यन्वयन एकाई रुपन्देहीका प्रमुख नारायण काफ्ले, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्र रुपन्देहीका प्रमुख रमेश जैसवाल, सियारी वडा नम्बर ५ का वडा अध्यक्ष धनपति खरेल लगाएतले बोल्दै छपियाको माछालाई बजारीकरण, प्रवद्र्धन र प्रचारप्रसारमा सबैले भुमिका खेल्नु पर्ने बताए ।

