Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तोरी बालीमा अनुदानले तिलोत्तमाका कृषक उत्साहित, उत्पादन बढ्ने अपेक्षा
    अर्थ

    तोरी बालीमा अनुदानले तिलोत्तमाका कृषक उत्साहित, उत्पादन बढ्ने अपेक्षा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ ११, शुक्रबार २२:५९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिंचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको तिलोत्तमाका कृषि शाखा प्रमुख दोमलाल भुसालले बताए । तेलहन पकेट कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नम्बर–८ ले २ लाख ५० हजार, उपभोक्ता किसानबाट २ लाख गरी जम्मा ४ लाख ५० हजारको लागतमा उक्त खेती गरिएको हो ।

    विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा केही कमी आए पनि यस वर्ष बाँझो जमिन र अनुदानका तेलहन बिउले उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत उत्साहित छन् । उनका अनुसार नगरमा यस वर्ष नगरपालिकाले बिउ वितरण गरि एक सय ५८ हेक्टर जमिनमा तोरी खेती गरिएकामा १२ मेट्रिक टन प्रति हेक्टर तोरी उत्पादन हुने अनुमान छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गत वर्ष नगरमा किसानले गरेको खेती अनुसार ७ प्रति हेक्टर मेट्रिक टन तोरी उत्पादन भएको थियो । अहिले तोरीको अनुदानको बिऊ र समयानुकुल मौसम तथा बाँझो जमिनको पनि सामुहिक खेतीको प्रभावले प्रति कठ्ठा ४० किलो फाल्ने अनुमान छ ।

    तोरी खेतीका लागि पकेट क्षेत्र मानिएका वडा नम्बर–८ का ज्योतिनगर, प्रदिप नगर, दिप नगर, करहिया क्षेत्रमा तोरी उत्पादन बढ्ने देखिएको हो । विशेष गरेर यस क्षेत्रका बस्तीमा हिउँदे खेतीका रुपमा गरिने धान गहुँ मकै खेती छाडा गाइ बस्तु लगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरी खेतीतर्फ आकर्षित भएका हुन् । त्यसो त पकेट क्षेत्रमा लगाइएको तोरीमा तारबार समेत गरिएको वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । नगदे बालीको रुपमा रहेको तोरी खेतीतर्फ किसान आकर्षित भएको र अनुदानले झन् उत्साह थपेको उनको भनाई छ।

    पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायसी प्रयोग र व्यवसायिक प्रयोजनका लागि तोरीखेती गर्न लागेका उनले बताए । तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्याउने भएकाले तोरीखेती गर्ने किसानको संख्या बढेको उनको भनाई छ ।

    तोरी खेती गर्ने किसानको खेतमै गैर गरिएको अनुगमन तथा अबलोकनमा कृषक संजाल तिलोत्तमा ८ का अध्यक्ष गोबिन्द गौतम, उपाध्यक्ष सीता पाण्डे, सदस्य तेजप्रसाद भट्टराई, हरिप्रसाद पाण्डे, अनुगमन समिति संयोजक रवि पाण्डे लागयातले बोल्दै तिलोत्तमा नगरपालिकाको बजेट नीति अनुसार वडा नम्बर ८ को पहलमा गरिएको किसानका लागि तेलहन खेति कार्यक्रमले कृषकमा थप उत्साह थपेको बताए ।

    नगरपालिकाले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिंचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरी लगायतका तेलहन बालीको उत्पादन बढेको हो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    तिलोत्तमा नगरपालिका तोरी तोरी अनुदान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.