
बैंकक, ११ माघ । वायु प्रदूषणका कारण बैंककका तीन सय ५२ विद्यालय बन्द भएका छन् । बैंककको समाचार संस्था बैंकक पोष्ट्का अनुसार मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरु जस्तै थाइल्यान्डलाई लामो समयदेखि प्रभावित गरेको छ ।
चिसो मौसम र बालीका लागि नल पराल जलाउने र कारको धुवाँबाट निस्केको धुवाँले वायु प्रदूषित हुँदा बालबालिकालाई विद्यालयहरुले बिदा दिएका हुन्। विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
Advertisement

Advertisement
Advertisement

आईक्यूएयरका अनुसार बिहीबार बिहानसम्म थाई राजधानी बैंकक विश्वको छैटौँ सबैभन्दा प्रदूषित प्रमुख सहर बनेको छ ।पीएम २.५ प्रदूषकको स्तर १२२ माइक्रोग्राम प्रति घनमिटर पुगेको आईक्यूएयरले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले २४ घण्टे औसत एक्सपोजर एक वर्षमा अधिकांश १५ दिनभन्दा बढी हुन नहुने सुझाव दिएको छ ।

