
काठमाडौं, १४ माघ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीच छलफल सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरु भएको हो ।
संसद्को हिउँदे अधिवेशन अघि सभामुख घिमिरेले संसद सञ्चालन र यसको तयारीबारे विभिन्न दलका प्रतिनिधित्वहरुसँग छलफल जारी राखेका छन्। आइतबार पनि सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। संसद् अधिवेशन माघ १८ गते आह्वान गरिएको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

