
काठमाडौ, १७ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि समुद्रसम्म पहुँच विस्तार गर्ने काम थालिएको बताएका हुन् ।
पूर्वाधार विकासको क्रम जारी रहेकाले मुलुक अझ तीव्रताका साथ अगाडि बढ्ने उनले बताए। प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका अवस्थामा त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘अहिले हामीले व्यापारको जुन आँकडा तयार गरिरहेका छौं। त्यो वास्तविक छैन। खपतका लागि किनेको वा आयात गरेको कार्यलाई मात्रै व्यापार मान्न सकिँदैन।’, प्रधानमन्त्री ओलीले भने,‘हामी विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्नेछ। अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको छ।’
माघ २१ गतेसम्म संचालन हुने अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोमा नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका एक सय २५ स्टल रहेका छन् ।

