
हृदयराम गुप्ता
मर्चवार, २० माघ । श्री मर्चवार संचार सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका–३ स्थित मार्यादपुर संस्थाको कार्यालयमा एक कार्यक्रमका बीच उक्त सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका अध्यक्ष अशोक कुमार जयसवालले १० लाख ३६ हजार शेयरपुँजी रहेको संस्थाले १ करोड ३३ लाख ३ सय ९७ रुपैया पुँजी बनाउन सफल भएको बताए । संस्थामा ९७ हजार ९ सय १२ रुपैयाको स्थित सम्पत्ति सहित संस्थाबाट विभिन्न शेयर सदस्यहरुलाई ८९ लाख ५८ हजार ७ सय ८० रुपैया विभिन्न शिर्षकमा ऋण लगानी गरेको उनले बताए । उनका अनुसार संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न किसिमको बचतले ५८ लाख ९९ हजार १७९ रुपैया बचत संकलन गरेको छ ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य वसीउद्दीन खाँनले सहकारीले सबैलाई टेवा पु¥याएको बताए । सहकारीको इतिहासबारे चर्चा गर्दै गरीब परिवारमा सहकारीको भुमिका उच्च रहेको उनले बताए । ठुला साहु महाजनबाट छुटकारा पाउन न्युन आय भएका सामान्य परिवारलाई सहकारीले सहज रुपले कर्जा दिएकोले न्युन आय भएका परिवारको लागि आर्थिक क्रान्ति गर्ने माध्यम रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि खाँनले मर्चवार क्षेत्रमा विकासको क्रान्ति ल्याउन विभिन्न काम गरेको बताए । भौतिक विकासमा पछाडी परेको मर्चवार क्षेत्रमा आफ्नो कार्यकालको चर्चा गर्दै मर्चवार क्षेत्र अब बजेटको अभावले विकास कार्य नरोकिने उनको भनाई छ ।
कार्यक्रममा सामुदायिक विपद् ब्यवस्थापन संजालका राष्ट्रिय अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी, श्री धनलक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमरनाथ यादव, कोटहीमाई गाउँपालिका वडा नं. ७ का वडा सदस्य इसराक अहमद खाँन लगायतका मन्तव्य राखेको उक्त कार्यक्रम गंगाराम गुप्ताले संचालन गरेका थिए ।

