Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लोकतन्त्रवादीबाट नै लोकतन्त्रमाथी खतरा भयो : राजेन्द्र महतो
    राजनीति

    लोकतन्त्रवादीबाट नै लोकतन्त्रमाथी खतरा भयो : राजेन्द्र महतो

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ माघ २६, शनिबार १३:४७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २६ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लोकतन्त्रवादीबाट नै लोकतन्त्रमाथी खतरा भएको बताएका छन् । शनिवार भैरहवामा पत्रकारहरुसँग भेटघाट गर्दै ३५ वर्षदेखि देशमा शासन गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले अहिले मुलुकलाई अधिनायकवादतर्फ धक्लेन खोजेको भन्दै यी दलहरुबाटै लोकतन्त्रमाथी खतरा भएको बताए ।

    ‘लोकतन्त्र विरोधीबाट लोकतन्त्रमाथी खतरा हुने हो भने लोकतन्त्रवादी लडिहाल्छन् । तर, यहाँ त जो लोकतन्त्रका लागि लड्यो आज उसैबाट खतरा भयो’,उनले भने,‘अधिनायकवाद लाद्न र लोकतन्त्रको हत्या गर्नैका लागि कांग्रेस र एमाले मिलेका छन् ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    पूर्व उपप्रधानमन्त्री समेत रहेका महतोले एकल राष्ट्रिय राज्य चिन्तनवादबाट मुलुक चलिरहेको भन्दै ठूला दलहरुले जनतासँग विश्वासघात गरेर दुवै हातले लुट मच्चाएर देशको अर्थ व्यवस्था खोक्लो बनाएको दावी गरे ।

    ‘३५ वर्षदेखि देशमा कसले शासन गर्यो ? कांग्रेस, एमाले र माओवादी । जनताले आफ्नो मत यीनैलाई दिए । आज देश कहाँ पुग्यो ? अर्थ व्यवस्था कहाँ पुग्यो ? युवाहरु रोजगारीका लागि विदेशिनु परेको छ’,उनले भने, ‘प्रकृति सम्पदाले भरिएको देश आज विश्वमा गरिब मुलुकको सूचांकक पुगिसकेको छ । त्यसैले अब नागरिकले विकल्प खोजेका छन् । जसका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल अघि बढेको छ ।’

    उनले देशमा प्रतिपक्ष नै नदेखिएकोले राष्ट्रिय मुक्ति पार्टी नेपालको नागरिकको अधिकारका लागि सत्ताको प्रतिपक्षमा उभिएर संघर्ष गर्ने बताए ।

    लोकतान्त्रिक मूल्यमान्यताका लागि जनताले धेरै संघर्ष गरे पनि आज देशमा लोकतन्त्रमाथि संकट ल्याउने प्रयास गरिएको बताए । ‘यहाँ पक्ष र विपक्ष देखिएन, काँग्रेस र एमाले (पहिलो र दोस्रो पार्टी) लोकतान्त्रिक मूल्यमान्यताको हत्या गर्न पुगे’,उनले भने, दुई दल मिलेर जे गरे पनि हुन्छ भन्ने मान्यताका साथ देशलाई अगाडि बढाउन खोजिरहेका छन् ।’

    अध्यक्ष महतोले पाथिभारा (मुकुम्लुङ) मा केबलकार निर्माण गरेर पर्यटनको विकास नभई त्यहाँ सभ्यता र सांकृतिकमाथी डकैती गर्न खोजिएको बताए । ‘मुकुम्लुङ आस्थाको केन्द्र हो । होली वाइन सभ्यता ल्याए जस्तो होइन । विकासको नाममा त्यहाँको सभ्यता र सांकृतिकका मास्ने नभई संरक्षण हुनुपर्छ’,उनले भने,‘सभ्यता र सांकृतिकका लागि पदयात्रा जरुरी छ । त्यहाँ केबलकार निर्माण हुँदैन । केबलकार निर्माणको खारेजीका लागि मात्र वार्ता हुने हो ।’

    अमेरिकि साम्रराज्यवाद र भारतीय विस्तारवाद नै नेपालको राष्ट्रवाद भन्ने भाष्य स्थापित गरिएकोले नै उदाहरणहरु दिँदै प्राकृतिक सम्पदाले भरिएको मुलुकको सम्बृद्धिको बाटोमा लम्किन नसेकेको उनको भनाई छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    भैरहवा राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टी नेपाल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.