


नेपालगञ्ज, २८ माघ। बाँके प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं डीएसपी आयुश प्रसाद जोशीका अनुसार वर्किङ भिसामा जापान पठाइ दिने भन्दै विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम लिएर उनी तीन महिनादेखि बेपत्ता भएका थिइन्।

पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेको मगर माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

