
काठमाडौं, ३० माघ । केही दिनयता प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनाका दोषीलाई कारबाही गर्न प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर छानबिन गरी कारबाही गर्न निर्देशन दिएका हुन्।
शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।
Advertisement

Advertisement
Advertisement

केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुर्व्यवहार भइरहेका घटनाहरु सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो।
घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भने,‘समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जो कोही भएपनि कानूनी दायरामा ल्याउन भनिसकेको छु।’

