
धरान, १ फागुन । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रेम जोडीहरुलाई पनि खानेपानीको पाइप तान्न आउनका लागि आग्रह गरेका छन्। उनले प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने सबै जोडीहरु पाइप तान्न आग्रह गरेका हुन्।
उनले आज सामाजिक सञ्जालबाट भनेका छन्,‘यसपालि चाहिँ प्रेम जोडीहरु पनि पाइप तान्न आउनु होला, आफ्नो प्रेम अमर बनाउन चाहने र जीवनलाई वास्तविक अर्थमा चिन्न र बुझ्न चाहने जति जोडीहरु सबै आउनु होला।’ अहिले सप्ताहव्यापी रुपमा मनाइने प्रणय दिवस वा प्रेम दिवस (भ्यालेन्टाइन डे) चलिरहेको छ।
Advertisement

Advertisement
Advertisement


