


भैरहवा, ४ फागुन । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन्।
लोकनायक अस्पताल (एलएनजेपी) का सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएकी छिन्।

रेलमन्त्री अश्विनी वैष्णवले नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड भएको बताएका छन्।
कमेन्ट गर्नुस्

