
काठमाडौं, ६ फागुन । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित गरिएको छ ।
परियोजना स्थगनको सम्बन्धमनेपाल सरकारलाई गत फागुन २ गते इमेल मार्फत जानकारी प्राप्त भएको आएको अर्थ मन्त्रालयले जनाएको छ । ०७४ भदौ २९ गते नेपाल सरकार र एमसीसीबीच परियोजना कार्यान्वयनबारे सम्झौता भएको थियो ।
Advertisement

Advertisement
Advertisement

सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) का परियोजना ९० दिनका लागि स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि ती कार्यक्रमको काम रोकिएको थियो । युएसएड अन्तर्गतका विभिन्न ६ परियोजना रद्द नै गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ ।
तर एमसीसीका सन्दर्भमा भने ढिला गरी दायित्व सृजना हुने काम नगर्नू भन्ने सन्देश आएको हो ।
अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसीसँग सम्बन्धित भुक्तानी रोकिएको जानकारी गराएको हो । विज्ञप्ति भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले मिति फागुन गतेको इमेल पत्रमार्फत नेपाल सरकार र उक्त निकायबिच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।’

