
भैरहवा, ६ फागुन । भारतको ओडिसा राज्य स्थित भुवनेश्वर प्रहरीले केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित पक्राउ गरेका पाँच जना कर्मचारीहरु धरौटीमा रिहा भएका छन् ।
विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिईएको थियो। जससम्बन्धमा अनुसन्धानका लागि प्रहरीले मंगलबार बिहान दुई जना सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ परेको थियो ।
Advertisement

Advertisement
Advertisement

साथै, मंगलबार साँझ विश्वविद्यालयका मानव संशाधनमा कार्यरत महानिर्देशक ५९ वर्षीय शिवानन्द मिश्र, प्रशासन निर्देशक ५१ वर्षीय प्रतापकुमार चम्पति र छात्राबास निर्देशक ५९ वर्षीय सुधिर कुमार राठ गरी पाँच जनालाई पक्राउ गरेर अदालत पठाएको थियो ।
भुवनेश्वरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी–२ अदालतले पक्राउ परेका पाँच जना कर्मचारीहरुलाई धरौटी (जमानत) मा रिहा गरेको ओडिसा टिभीको अनलाइन संस्करणले जनाएको छ । बीस हजार रुपैयाँको मुचुल्कामा धरौटी बुझाइएको बताइएको छ ।

