
भैरहवा, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भण्डाफोर सभा आयोजना गर्ने भएको छ। पार्टीका महासचिव राजेन्द्र गुरुङले विज्ञप्ति जारी गरेर प्रदेश स्तरीय भण्डाफोर सभा आयोजना गर्ने जानकारी दिएका छन्।
उनका अनुसार फागुन ९ गते पोखराबाट भण्डाफोर सभाको सुरुवात हुनेछ। त्यसपछि क्रमशः रुपन्देहीको बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते सभा आयोजना हुनेछ ।
Advertisement

Advertisement
Advertisement

उनले भ्रष्टाचार, बेथितिविरुद्ध र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा गरिने बताए।
कमेन्ट गर्नुस्

