
भैरहवा, ११ फागुन । ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’को खुल्लातर्फको महिला एवं पुरुष तर्फको उपाधि सन्तोषी श्रेष्ठ र मिङमार सिङगी तामाङले जितेका छन् । सन्तोषीले शनिबार मात्रै काठमाण्डौमा प्रधानसेनापति खुल्ला हाफ म्याराथनमा बिजेता बनेकी थिईन् । दुई दिन लगातार दुई ठुला प्रतियोगितामा बिजेता बन्ने उनी एक्लो खेलाडी हुन् ।
सन्तोषी र मिङमारले उपाधि जित्ने क्रममा आयोजक शाइन रेसुङ्गा बैकको केन्द्रिय कार्यालय कालिकानगर देखि तिलोत्तमाको मणिग्राम हुँदै पुन: बैंक परिसर सम्मको निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन् भने मिङमारले ३१ मिनेट ५३ सेकेण्डमा पूरा गरे।
Advertisement

Advertisement
Advertisement

‘रन टु शाइन’ नाराका साथ शाइन रेसुङ्गा डेभल्पमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आईतबार आयोजित प्रतियोगितामा उपाधि सहित सन्तोषी र मिङमारले समान नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
दौडमा पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं स्थानमा तथा पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं स्थानमा आएर पुरस्कृत भए ।दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा पुजा पछाई र शिव रायमाझी विजेता बनेका छन् । महिलामा तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं हुँदा पुरुषतर्फ अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथो हुदै पुरस्कृत भए।

यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युव बहादुर राना प्रथम, गोबिन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन्। दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दुत एवं किर्तिमानी धावक बैकुण्ठ मानन्धर, लुम्बिनी प्रदेश सांसद एवं पुर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरे । तीन विधामा १६ सय धावकले नाम दर्ता गराएकामा ६ सयजनाले प्रतिस्पर्धा गरेका थिए ।

