

काठमाडौं,१८ फागुन। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आइतबार केन्द्रीय कार्यालय च्यासलमा अपराहन्न २ बजेदेखि बैठक बस्ने कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए।
उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ।सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।
Advertisement

Advertisement
Advertisement
आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ।सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।





