
भैरहवा, २० फागुन । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गृहमन्त्री रमेश लेखकले निरीक्षण गरेका छन् । मंगलबार बिहान उनले विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं’,गृहमन्त्री लेखकले भने, ‘त्यहाँको अध्यागमनको अवस्था, आवातजावतको स्थिति, सरसुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ ? हेरेका छौं ।’
Advertisement

Advertisement
Advertisement

उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भइरहेको खुशी व्यक्त गरे । ‘अहिले मलाई बडो खुसी लागेको छ’उनले भने ‘एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवातजावत पनि बढेको छ ।’

