


भैरहवा, २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ अन्तर्गत शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। २ हजार १ सय १२ सदस्य रहेको संघमा शनिबार भएको मतदानमा १ हजार ६ सय ७० मत खसेको थियो।
संघको अध्यक्षमा नेत्र प्रसाद आचार्यसहित वरिष्ठ उपाध्यक्षमा दिलिप कुमार कान्दु, उपाध्यक्ष (उद्योगतर्फ) गोविन्द ज्ञवाली, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी, सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै कर्पोरेट सदस्यमा विकास कुमार गोयनका, अर्पित अग्रवाल, वस्तुगत सदस्यमा प्रितम कुमार रौनियार, कार्यसमिति सदस्य उद्योगतर्फ महिलामा विष्णु माया शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै उपाध्यक्ष (वाणिज्य) तर्फसहित १८ पदमा निर्वाचन भएको थियो ।
कुन पदमा को विजयी ? हेर्नुहोस् सूचीः


