
भैरहवा, २६ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुगेका छन् ।
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले माग गरेको एक करोड धरौटीको खारेजीको माग गर्दै उनी सोमबार उच्च अदालत बुटवल इजलासमा पुगेको बुझिएको छ । जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय उच्च अदालतमा पुगिसकेको छ।
Advertisement

Advertisement
Advertisement

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार दुवै पक्ष उच्च पुगेपछि यसलाई ‘७३’नम्बरअन्तर्गत अगाडि बढाइने छ। जिल्ला अदालतको आदेशउपर चित्त नबुझेर दुवै पक्ष आएकोले सम्भवतः भोली नै पेशीमा चढ्ने बताइएको छ ।

