Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान : आर्कषित हुँदै पूर्वविद्यार्थी
    फोकस लुम्बिनी

    ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान : आर्कषित हुँदै पूर्वविद्यार्थी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन २७, मंगलवार १६:०६ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, २७ फागुन । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ। पूर्व विद्यार्थीहरुलाई आफैले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ।

    सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ भने ७ हजार ५ सय भन्दा बढी पूर्व विद्यार्थीहरु अभियानमा संलग्न भएका छन्। गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गरेका थिए। सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको ज्ञान, सीप र लगानीलाई प्रभावकारी रुपमा उपयोग गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको हो। १७ वटा विद्यालयबाट एकैसाथ अभियान प्रारम्भ गरिएको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मुख्यमन्त्री आचर्याले सामूदायिक विद्यालयहरुप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक भएकाले अभियान थालिएको र अहिले अभियान प्रभावकारी हुँदै गएको बताए। ‘अभियान सुरु भएपछि पूर्व विद्यार्थीहरु आफैले कखरा चिनेको विद्यालयमा पुग्न थाल्नुभएको छ। यसले उहाँहरुलाई आफ्नो विद्यालयप्रति मात्र जवाफदेही बनाएको छैन, शिक्षण सिकाइमा समेत योगदान गर्ने अवसर सिर्जना गरेको छ’, उनले भने ,‘यो अभियान शैक्षिक गुणस्तर अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्नेछ।’

    हाल विद्यालयहको वार्षिकोत्सवमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अभियानले यस्ता अनावश्यक खर्च रोक्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्ने बताए।

    ‘अभियानले पूर्व विद्यार्थीहरुलाई उत्साहित बनाएको छ। उनीहरु नियमित रुपमा विद्यालयमा पुगेर योगदान दिन थालेका छन्’,उनले भने,‘विद्यालयका कार्यक्रमहरु रचनात्मक र प्रभावकारी हुनुपर्छ। जसमा विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ।’

    मन्त्रालयका उपसचिव विष्णु प्रसाद पन्थीका अनुसार अभियान प्रभावकारी देखिएको छ। ‘पूर्व विद्यार्थीहरुलाई आकर्षित गर्ने काममा यो अभियान सफल भएको छ। हालसम्म करिब १ करोड रुपैयाँ बराबरको कोष स्थापना भइसकेको छ भने ७ हजार भन्दा बढी पूर्व विद्यार्थीहरू परिचालित भएका छन्’, उनले भने ‘प्रदेशका सबै सामूदायिक विद्यालयमा पूर्व विद्यार्थीहरूको सक्रियता अभिवृद्धि गर्न हामी सफल भएका छौं।’

    लुम्बिनी प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन्। जसमध्ये ४ हजार ५ सय ३१ सामूदायिक विद्यालय छन्। यी विद्यालयहरुमा अध्ययनरत १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थीहरुमध्ये ९ लाख २५ हजार ६ सय २९ जना विद्यार्थी सामूदायिक विद्यालयमा अध्ययनरत छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मेरो विद्यालय मेरो दायित्व लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.