
भैरहवा, २८ फागुन। पश्चिम नवलपरासी जिल्लामा स्थित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहमा संचालित प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम संचालनमा छ । जसअन्र्तगत तालिमका १०६ प्रशिक्षार्थीहरुले पर्वत जिल्लाको कुस्मास्थित द क्लिफमा बन्जी जम्प गरेका छन्।
नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई विभिन्न साहसिक गतिविधिमा सहभागी गराउँदै आएको छ। महाविद्यालयका प्राचार्य एसएसपी दीपशमशेर जबराले प्रहरीलाई जुनसुकै अवस्थामा तयार रहनका लागि कमाण्डो तालिम अन्र्तगत साहसिक गतिविधिमा संग्लन गराइएको बताए ।
Advertisement

Advertisement
Advertisement


नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा मुलुकमा हुनसक्ने सशस्त्र बिद्रोह, आंतककारी गतिविधि, साम्प्रदायिक दंगा, प्राकृतिक प्रकोप जस्ता गम्भिर प्रकृतिको घटनाहरुको नियन्त्रण तथा व्यवस्थापन गर्नको साथै सार्वजनिक सुरक्षा, महत्वपूर्ण स्थलको सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा लगायत विषयसँग सम्बन्धित विभिन्न तालिमहरु दिनुका साथै प्रहरी कर्मचारीहरुमा ज्ञान, सिप र कार्यक्षमता वृद्धि गर्न आवश्यक पर्ने रणनीतिक तालिमहरु संचालन हुने गर्दछ।






तस्विर: नेपाल प्रहरी।

