


भैरहवा, २९ फागुन। ‘भागेर जाऊँ कुन ठाउँ जाऊँ ? नसमातिने स्थल हुँदैन ।’ अपराध पश्चात मुद्दाका आरोपी/प्रतिवादी जतिसुकै लामोसमय सम्म ‘लुकिछिपी’ बसेपनि अन्ततः सजाए भोग्नु पर्ने नै हुन्छ। अपराध गर्ने वा गर्ने मनसाय बनाउने व्यक्तिका लागि माथी उल्लेखित वाक्य सोचनीय विषय हो।
अदालतबाट फौजदारी/देवानी मुद्दामा कैद वा जरिवाना वा दुवै सजाए पाएका फरार प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ । अदालतको फैसला कार्यान्वयन सिलसिलामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले फैसला भएको पाँच वर्षपछि एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ का मानबहादुर थारु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार कर्तव्य ज्याज मुद्दाका फरार रहेका थारुलाई फैसलाको पाँच वर्षपछि पक्राउ गरिएको हो।
०७६ पुस २३ गते जिल्ला अदालत रुपन्देहीले कर्तव्य ज्यान मुद्दामा थारुलाई दोषी ठहर गर्दै चार वर्ष एघार महिना दुई दिन कैद सजाएको फैसला पश्चात उनी फरार भएका थिए। फरार रहेका उनलाई बुधवार पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

