
काठमाडौं, २९ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले वादीको मागदावी नपुग्ने फैसला गरेको छ।
सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा वादीको मागदाबी नपुग्ने फैसला गरेको हो।
Advertisement

Advertisement
Advertisement

संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपाने ०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए ।

