
भैरहवा, २९ फागुन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले होली पर्व सभ्य रुपमा मनाउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।साथै, पर्वलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा योजना लागु गरिएको छ।
जिल्लामा पिकेट, गाडी मोबाइल गस्ती, ठाउँठाउँमा चेकिङ प्वाइन्ट, पैदल गस्ती लगायतका लागि प्रहरीका टिमहरु विभाजन गरी खटाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। होली पर्वलाई लक्षित गरी जिल्लाभर करिब आठ सय ८० जना प्रहरी परिचालन गरिएको उनले बताए ।
Advertisement

Advertisement
Advertisement

‘सर्वसाधरणहरुलाई सभ्य रुपमा होली पर्व मनाउन अपिल गरेका छौं र पर्व लक्षित सुरक्षा योजना बनाएर लागु पनि गरेका छौँ’,उनले भने, ‘यदि पर्वमा कसैले नियम विपरित कार्य गरेको पाइए पक्राउ गरेर कारवाही गर्छौं।’ शान्तिपूर्ण रुपमा पर्व सम्पन्न गराउनका लागि वर्दीमा साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ। भीडको बीचमा समेत सादा पोसाकमा हुने प्रहरीले उच्छृङखल गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्ने प्रहरीको योजना छ।
कसैको इच्छा विपरीत लोला हान्ने, रङ लगाउने, ट्राफिक नियमको उल्लंघन, मादक पदार्थ सेवन गरेर होहल्ला, झैझगडा नगर्न, मंहगा गहना लगाएर होली खेल्न स्थानमा नजान लगायत रुपन्देही प्रहरीले आग्रह गरेको छ। साथै, प्रहरीले कुनै समस्या परेमा वा अपराधिक गतिविधि हुन लागेको वा थाहा भएमा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको १००, ०७१५७०१९९, ९८५७०९०६२२, ९८५७०४९३४२ नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ स्मरण गराउँदै होली पर्वमा शान्ति सुव्यवस्थामा खलल पुर्याउने कानुन विपरित कार्यहरु नगर्न आग्रह गरेको छ।
शान्ति सुरक्षामा असर पर्ने गर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, हानिकारक वस्तु दल्ने, डोरीले बाटो छेकेर पैसा उठाउने लगायतका कार्य नगर्न र वातावरण तथा स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालका मिसावटयुक्त रंगवस्तु केमिकल, प्लाष्टिकजन्य लोला आदी विक्री वितरण गर्ने कार्य नगर्न जारी गरेको सूचनामा उल्लेख छ।
हेर्नुहोस् रुपन्देही प्रहरीको अनुरोध:


