
काठमाडौं, १ चैत। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन देखि क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क होस्टेल व्यवस्था सम्मका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ।
संघले पत्रकार सम्मेलन गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी घोषणापत्र सार्वजनिक गर्दै हरेक विश्वविद्यालय तथा क्याम्पसमा ‘डिजिटल लाइब्रेरी’ र ‘निःशुल्क वाईफाई व्यवस्थापन’ का लागि पहल गर्ने समेत जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विद्यार्थी स्वयमको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत ज्ञान सिर्जना, सङ्ग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन, अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ।
त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र संग्रह गरी अभिलेख निर्माण गर्ने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क होस्टेल व्यवस्थाका लागि पहल गर्ने, व्यावहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नशिप’ कार्यक्रम अगाडि सार्ने समेत प्रतिवद्धता गरेको छ।
अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा सधैँ झैँ इमान्दार रहेको विचार व्यक्त गरे।

