


भैरहवा, ७ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको कार्यसमितिको सदस्य पदमा तीनजना व्यवसायीलाई मनोनित गरिएको छ। संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले कैलाश गुप्ता, राजु न्यौपाने र प्रेम नारायण बेल्बासेलाई सदस्यमा मनोनित गरेका हुन्।
पर्यटनतर्फको सदस्यमा गुप्ता, उद्योगतर्फ न्यौपाने र वाणिज्यतर्फ बेल्बासेलाई मनोनित गरिएको संघले जनाएको छ। यसअघि निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पनि उनलाई कार्यसमिति सदस्यमा मनोनित गरेका थिए। तीनैजनाले बुधबार सपथग्रहण समेत गरेका छन्।

सदस्यमा मनोनित भएका उद्योगी–व्यवसायीहरुले संघको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने र उद्योगी–व्यवसायीको हकहितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाएका छन्।

