


हृदयराम गुप्ता
मर्चवार, ७ चैत। ईस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा मर्चवारमा विपन्न परिवारलाई खाद्यन्न वितरण गरिएको छ। तौहीद मानव परोपकार सेवा संघद्वारा मर्चवारी गाउँपालिका–५ ओडवलियामा एक सय परिवारलाई खद्यान्न वितरण गरिएको हो।
रमजान महिनाको अवसरमा विपन्न परिवारलाई चामल, चिउरा, तेल, मसला लगायत खाद्यन्न वितरण गरिएको संघका अध्यक्ष सैफुल्लाह चुरिहारले बताए। उनले संघले विपन्न परिवारहरुलाई सहयोग गर्नुका साथै विभिन्न समाजिक कार्य गर्दै आएको जनाए।


‘दुःख आइपर्ने तथा जीवनयापनमा कठिनाई हुने परिवारलाई सहयोग गर्ने हरेक मानवको धर्म हो’,उनले भने,‘आफ्नो कमाईबाट दान गर्नु सबैको धर्म हो।’

