
बुटवल, १० चैत। प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल र कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइनतर्फबाट दीपक घिमिरे, पत्रपत्रिकातर्फबाट विनोद पौडेल र रेडियो/टिभी तर्फबाट आशिष गुप्ता रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

सदस्यहरुमा जगदीश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत (रिया) र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । संघको सल्लाहकारमा तीनजना मनोनित भएका छन् । सल्लाहकारमा डा. बालकृष्ण चापागाई, शुक्रऋषि चौलागाई र देवी वाग्ले मनोनित भएको प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले जनाएको छ।

