
नवलपरासी पश्चिम, १३ चैत। भारतबाट भन्सार छलेर भित्राइएको मोबाइलसँग सम्बन्धित सामग्री प्रहरीले बरामद गरेको छ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा इलाकाबाट बुधबार सशस्त्र प्रहरीले करिब ८ लाख ६ हजार रुपैयाँ बराबरको मोवाईलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको हो।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको ईयरबड २ सय ९७ थान, मोवाईलका टेयम्पर ग्लाँस २ हजार थान र २ हजार थान ईयरफोन बरामद गरेको हो ।
बरामद सामग्री आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

