


वीरगञ्ज, १६ चैत। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा एक महिलाको शव फेला परेको छ ।
शनिवार बिहान इलाका प्रहरी कार्यालय नगवाको अगाडि वीरगञ्ज–४ की अनसुइया अग्रवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुस्

