


काठमाडौं,१७ चैत। सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न आदेश गरेको छ। साथै, निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश गरेको हो।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ। पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण गरिरहेको छ। स्थानीयवासीले भने सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

