

काठमाडौं,२० चैत। भाटभटेनी सुपरमार्केटले राजावादीहरुले गत शुक्रवार (चैत १५ गते) प्रर्दशन गरेको दिन कोटेश्वरस्थित सुपरमार्केटमा तोडफोड र लुटपाट गर्नेहरुलाई धपाउने सुरक्षागार्डहरुलाई पुरस्कारसहित सम्मान गरेको छ।
लुटेराहरुले सुपरमार्केटमा रहेका सामग्रीहरु लुटपाट र तोडफोड गर्न थालेपछि सुरक्षागार्ड दुलप्रसाद पराजुलीले एक्लैले प्रतिकार गर्दै उनीहरुलाई धपाएका थिए। उनले लुटेराहरुलाई पिट्दै धपाएको भीडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
Advertisement

Advertisement
Advertisement
भाटभटेनीका संचालक मीनबहादुर गुरुङले पराजुलीलाई दुबोको माला लगाएर सम्मान गरे। उनको योगदान साहसलाई उच्च कदर गर्दै बुधवार ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित उनलाई सम्मान गरिएको भाटभटेनी सुपरमार्केटले जनाएको छ।
भाटभटेनीका अनुसार अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ। यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार एक सय ११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।





