

भैरहवा,२१ चैत। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ। संघीय सरकारले राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्षमा प्रदेशहरुलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ
जसअन्तर्गत सबैभन्दा धेरै कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पाउने अनुमान गरिएको छ। त्यस्तै मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ र बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ पाउने अनुमान छ।
Advertisement

Advertisement
Advertisement
यस्तैकर्णाली प्रदेशले १० अर्ब २७ करोड ३० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ९७ लाख २५ हजार रुपैयाँ पाउने र सबैभन्दा थोरै गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ पाउने छ ।
संघीय सरकारले आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट उठेको रकम प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्दै आएको छ।





