


भैरहवा,२१ चैत। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ। संघीय सरकारले राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्षमा प्रदेशहरुलाई कुल ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने भएको छ
जसअन्तर्गत सबैभन्दा धेरै कोशी प्रदेशले १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ पाउने अनुमान गरिएको छ। त्यस्तै मधेस प्रदेशले १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ र बाग्मती प्रदेशले ११ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ पाउने अनुमान छ।

यस्तैकर्णाली प्रदेशले १० अर्ब २७ करोड ३० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ९७ लाख २५ हजार रुपैयाँ पाउने र सबैभन्दा थोरै गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ पाउने छ ।
संघीय सरकारले आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट उठेको रकम प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्दै आएको छ।

