Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीबाट दश बुँदे घोषणापत्र जारी गर्दै सकियो उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन
    फोकस लुम्बिनी

    लुम्बिनीबाट दश बुँदे घोषणापत्र जारी गर्दै सकियो उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २१, बिहीबार १६:१० गते
    advertisement
    advertisement
    advertisement

    लुम्बिनी,२१ चैत। नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रमको एकरुपता सुनिश्चित गरी उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसहितका दश बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनीमा जारी उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारबाट लुम्बिनीमा शुरु भएको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सम्मेलनले उच्च शिक्षामा नैतिक नेतृत्वको विकास गर्दै प्रविधि र एआईको उपयोगद्वारा शैक्षिक उत्कृष्टता कायम गर्ने घोषणा गरेको छ। समावेशी र पहुँचयोग्य शिक्षाको सुनिश्चितताको प्रतिवद्धता उपकुलपतिहरुले जनाएका छन्। उपकुलपतिहरुले तार्किक नक्साङ्कन, मानव संसाधनको पूर्वानुमान गरी आवश्यकताका आधारमा मात्रै विश्वविद्यालय स्थापना गर्न सुझाव दिएका छन्।

    नेपाल र भारतका गरी १४ जना उपकुलपति, पूर्वउपकुलपतिहरुले जारी गरेको घोषणा पत्रमा बजारमुखि र नैतिकतामा आधारित पाठ्यक्रमको विकास गर्नका लागि पूर्विय दर्शन र नैतिक सिद्धान्तलाई सबै विश्वविद्यालयका पाठयक्रममा समावेश गर्ने उल्लेख गरिएको छ।

    एआईको उपयोगद्वारा उच्च शिक्षाको गुणस्तरमा सुधार गर्ने, एआई सम्बन्धी तनाव व्यवस्थापनका लागि योग तथा ध्यान कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। उच्च शिक्षाको मापदण्डीकरण र लगानीमा बृद्धि गर्न उपकुलपतिहरुले सुझाव दिएका छन्। मापदण्ड निर्धारणका लागि अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन गर्ने निकायको माग गरिएको छ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संकाय आदान प्रदान कार्यक्रम सञ्चालन गर्ने तथा क्रेडिट बैंक, क्रेडिट ट्रान्सफर र संयुक्त डिग्री कार्यक्रमलाई प्रवद्र्धन गर्ने प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ।

    मौलिक ज्ञान र संस्कृतिक एकीकरणको प्रवद्र्धन गर्न परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक अध्ययनमा समावेश गर्दै अनुसन्धन र विकासका लागि सहकार्यात्मक लगानी प्रवद्र्धन गर्ने उपकुलपतिहरुको घोषणा छ । नवप्रवर्तन र अनुसन्धान सहकार्यको प्रवद्र्धन गर्न साझेदारीमा अनुसन्धान गर्ने प्रतिवद्धता उपकुलपतिको छ।

    पर्यटन केन्द्रीय शैक्षिक कार्यक्रम विकास गर्ने, पर्यटकहरुलाई छोटो अवधिका शैक्षिक तालिमहरु उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । त्यस्तै रोजगारमुखी शिक्षाद्वारा प्रतिभा पलायन रोकथाम गर्नका लागि सीपमूलक पाठयक्रम लागू गर्ने र विद्यार्थीहरुलाई परामर्श तथा रोजगारमुखी तालिम प्रदान गर्ने घोषणा पनि उपकुलपतिहरुले गरेका छन्।

    उपकुलपतिहरुले चालु ०८० को दशकलाई प्राज्ञिक र सिर्जनात्मक शिक्षाको दशकका रुपमा प्राथमिकता दिने घोषणा गरेका छन्।

    घोषणपत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुवर्णलाल बज्राचार्य, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.धुब्रकुमार गौतम, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरप्रसाद यादव, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.बेदराज केसी, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, मदन भण्डारी एकेडेमी अफ हेल्थ साइन्सका उपकुलपति डा. प्रदीप ज्ञवाली, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धर, प्रा.डा.हृदयरत्न बज्राचार्य, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइराला, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिनोद प्रसाद ढकाल, भारतको नालान्दा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अभयकुमार सिंह, सिद्धार्थ विश्वविद्यालयका उपकुलपति प्रा.डा. कविता शाहले हस्ताक्षर गरेका छन्।

    उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको थियो।

    सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी र विदेशी गरी १४ वटा विश्वविद्यालयसँग सहकार्य सम्झौता गरेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले अनुसन्धानसहित प्राज्ञिक उन्नयका क्रियाकलापहरु सहकार्यमा सञ्चालन गर्नका लागि सम्झौता गरिएको बताए।

    दुई दिने सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागिता रहेको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उपकुलपति अन्तर्राष्ट्रिय सम्मेलन उपकुलपति सम्मेलन लुम्बिनी लुम्बिनी बौद्ध विश्वविद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.