
काठमाडौं, २२ चैत। प्रहरीले करिब २१ लाख रकमसहित एक महिलालाई पक्राउ परेको छ । तिब्बत स्थायी ठेगाना भएको २६ वर्षीया रिक्से वाङमोलाई काठमाडौं बौद्धबाट रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी पछिल्लो समय भने भारतको सुजा मडीमा बस्दै आएकी छन्। हुण्डीको अवैध कारोबार भइरहेको सूचना अनुसार खानतलासी गर्दा महिलाको साथबाट २० लाख ९२ हजार रुपैयाँ र एउटा मोबाएल बरामद भएको प्रहरी वृत्त जनसेवाका डीएसपी कुष्णकुमार चन्दले जनाए। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कमेन्ट गर्नुस्

